जसरी मलाई मेरो जन्मगाउँ प्यारो लाग्छ
त्यसैगरी मलाई मेरै इतिहास प्यारो छ
मलाई खुसि, सुखी र निश्चल जीवन मन पर्छ
जसरी मलाई मेरो बाआमा र परिवार प्यारो लाग्छ
त्यसै गरि मलाई मेरै संस्कृति प्यारो छ
मलाई सम्बृद्ध र स्वभिमानी जीवन मन पर्छ
त्यसैले त मलाई मेरो माटो प्यारो लाग्छ !!
जसरी मलाई साथि संगी र आफन्त प्यारो लाग्छ
त्यसै गरि मलाई मेरै संस्कार प्यारो छ
मलाई गौरवशाली जीवन मन पर्छ
त्यसैले त मलाई मेरो आत्मसम्मान प्यारो लाग्छ !!!
लेखक/सर्जक : भिम प्रसाद सापकोटा
९ पुष, २०८०
See insights and ads
Like
Comment
Share
No comments:
Post a Comment